कांग्रेसमा गुटबन्दी गर्ने दिन गए, अब सबै अटाउने कांग्रेस बनाउँछौँः रामहरि खतिवडा

कांग्रेसमा गुटबन्दी गर्ने दिन गए, अब सबै अटाउने कांग्रेस बनाउँछौँः रामहरि खतिवडा


काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदको शपथ ग्रहण लगतै प्रभावशाली नेता रामहरि खतिवडाले पार्टीलाई कुनै एउटा गुट वा गिरोहको नभई ‘सबै अट्ने र सबै समेट्ने’ समावेशी र सशक्त बनाउने उद्घोष गरेका छन्।
सानेपामा आयोजित समारोहमा शपथ लिएपछि बोल्दै खतिवडाले अबका दिनमा पार्टीभित्रका कुनै पनि पूर्वाग्रह, दुराग्रह र गुटगत विभेदलाई प्रश्रय नदिइने स्पष्ट पारे।
पार्टीभित्र विगतमा देखिएका तिक्ततालाई पन्छाउँदै सबैसँग मिलेर काम गर्न आफू तयार रहेको बताउँदै उनले कांग्रेसलाई फेरि देशको पहिलो र जनताको प्रिय पार्टी बनाउन अहोरात्र खटिन सम्पूर्ण नेता(कार्यकर्ताहरूलाई आह्वान गरे।
नवनिर्वाचित नेतृत्वले पार्टीलाई समावेशी, एकढिक्का र अनुशासित ढङ्गले अघि नबढाए जनताले विश्वास नगर्ने भन्दै खतिवडाले रूपान्तरण र एकताको यात्रा सुरु भइसकेको दाबी गरेका छन्।