कोही पनि कानुनभन्दा माथि छैनः बाबुराम भट्टराई

कोही पनि कानुनभन्दा माथि छैनः बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी, सेना लगायत राज्यका अत्यन्तै संवेदनशील अङ्गहरू निरन्तर विवाद र सङ्कटमा तानिनुलाई गम्भीर विडम्बना भन्दै सत्ताको नेतृत्वमा रहनेहरूलाई विधिको पालना गर्न कडा चेतावनी दिएका छन्।

उन्नत लोकतन्त्रमा जन्म, पद, पहुँच, धन वा शक्तिका आधारमा कोही पनि कानुन र सामाजिक मर्यादाभन्दा माथि हुन नसक्ने भन्दै उनले सत्तासीनहरूको स्वेच्छाचारी शैलीमाथि कडा प्रहार गरे।

मुलुकमा सुशासन र समृद्धिको नारा लगाइए पनि राज्यका अङ्गहरूमा पलाएका विकृति, विसङ्गति, ‘उपियाँ(उँडुस’ र फोहरमैला सफा नगरी सुशासन असम्भव रहेको उनले बताए।

तर, सबैतिर एकैसाथ हमला गर्दा कुनै पनि नतिजा ननिस्कने खतरा औँल्याउँदै बाबुरामले पहिले सत्ता र सरकारको नेतृत्व गर्नेहरूले नै कानुन र विधिको सीमाभित्र बसेर काम गर्नुपर्ने अडान राखेका छन्।