विद्यार्थी र अभिभावक लुट्ने एन-प्याब्सनमाथि गृहमन्त्रालयको कडा एक्सन

विद्यार्थी र अभिभावक लुट्ने एन-प्याब्सनमाथि गृहमन्त्रालयको कडा एक्सन


काठमाडौं । निजी विद्यालयहरूको छाता संगठन नेशनल प्याब्सनले गृह मन्त्रालय र शिक्षा मन्त्रालयले जारी गरेका सुशासन तथा शैक्षिक मापदण्डसम्बन्धी निर्देशनहरू निरन्तर उल्लङ्घन गरेपछि गृह मन्त्रालयले संस्थालाई निलम्बन गरिदिएको छ।
अभिभावकहरूबाट मनपरी शुल्क असुल्ने, मापदण्डविपरीत भर्ना अभियान चलाउने र सरकारी आदेशलाई अटेर गर्दै आएका एन-प्याब्सनका सञ्चालकहरूविरुद्ध कडा कदम चाल्दै मन्त्रालयले यो निर्णय लिएको हो।

राज्यको कानुन, नीति र गृह मन्त्रालयको आधिकारिक निर्देशनलाई बेवास्ता गर्दै निजी स्वार्थ र व्यापार चलाउने शैक्षिक माफियाहरूलाई ठूलो झापड दिँदै सरकारले निलम्बनको आदेश जारी गरेको छ।

एन-प्याब्सनमाथि भएको यो कडा कारबाहीले निजी शिक्षाका नाममा लुटधन्दा चलाउने र सिन्डिकेट कायम राख्न खोज्ने अन्य संघ-संस्थाहरूका लागि पनि कडा चेतावनीको सन्देश दिएको छ।