पत्रकार विश्वमणि सुवेदी कार्यालयबाट पक्राउ

पत्रकार विश्वमणि सुवेदी कार्यालयबाट पक्राउ


काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउन खोजेको र उनले आफ्नो कुर्सी जोगाउन कानुनी परामर्श थालेको समाचार प्रकाशन गरेकै निहुँमा प्रहरीले ‘नेपाल प्रेस’का पत्रकार विश्वमणि सुवेदीलाई बानेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको छ।
साइबर ब्युरोको पत्रलाई हतियार बनाएर उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुवेदीसँगै आजै अर्का पत्रकार शोभराज बराललाई समेत नियन्त्रणमा लिएपछि लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि सिधा प्रहार भएको छ।

इनम सापकोटा जोडिएको उच्चस्तरीय वगमष्अष्बरिदचयपभच सेटिङ र राज्यका शक्तिशाली निकायहरूभित्रको बिचौलिया धन्दामाथि आँखा चिम्लिने प्रहरी प्रशासनले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई न्युजरुमबाटै उठाउनुले राज्यसत्ताको निरङ्कुश चरित्र नाङ्गो पारेको छ। आईजीपी कार्की र साइबर ब्युरोको यो कायरतापूर्ण कदमविरुद्ध नेपाल पत्रकार महासङ्घ, नागरिक समाज र आम सर्वसाधारणले सडकबाटै आक्रामक आन्दोलन छेड्ने र दोषी अधिकारीहरूलाई कानुनी कठघरामा उभ्याउने चेतावनी दिएका छन्।