एमालेसँग दीर्घकालीन एकताको प्रक्रिया अघि बढिसक्योः भानुभक्त जोशी

एमालेसँग दीर्घकालीन एकताको प्रक्रिया अघि बढिसक्योः भानुभक्त जोशी


काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता भानुभक्त जोशीले नेकपा एमालेसँग दीर्घकालीन रूपमा पार्टी एकताको प्रक्रिया औपचारिक रूपमै अगाडि बढाइएको खुलासा गरेका छन्।
विद्रोह र नयाँ विचारको नारा दिएर पार्टी विभाजन गरेका नेताहरूले राजनीतिक अस्तित्व जोगाउन नसकेपछि फेरि केपी ओली र बालकोटकै शरणमा जाने तयारी गरेपछि वामपन्थी वृत्त र आफ्नै कार्यकर्ताभित्र ठूलो खैलाबैला मच्चिएको छ।

भ्रष्टाचार, बिचौलिया र राज्य प्रणालीको असफलताविरुद्ध जनता सडकमा उत्रिन थालेको र एमाले अध्यक्ष ओलीले आन्दोलनको आँधिबेरी सिर्जना गर्ने धम्की दिइरहेका बेला जोशीको यो सार्वजनिक अभिव्यक्तिले कम्युनिस्ट एकताका नाममा नयाँ सिन्डिकेट र चुनाव लक्षित समीकरण बन्न लागेको प्रस्ट पारेको छ।
विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर व्यक्तिगत राजनीतिक भविष्य र सिट रक्षाका लागि एमालेसँग आत्मसमर्पण गर्न लागिएको भन्दै एकीकृत समाजवादीका युवा तथा जुझारू कार्यकर्ताहरूमाझ तीव्र आक्रोश र असन्तोष चुलिएको छ।