काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहज जित निकालेको छ ।
पोखरा एभेन्जर्सले दिएको ९८ रनको लक्ष्य लुम्बिनी लायन्सले ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । यससँगै लुम्बिनीले ८ विकेटको सहज जित निकालेको हो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले अविजित ४७ रन बनाए । उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । निरोशन डिकवेलाले २७ रन जोड्दै रोहितलाई साथ दिए ।
आसिफ शेख ७ र डी’आर्सी शर्ट १३ रनमा आउट भए ।
पोखराका विपिन खत्रीले एक विकेट लिए भने आसिफ रनआउट भएका थिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
सुरुवातदेखि नै दबाबमा परेको पोखराका लागि चामिका करुणारत्नेले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक अविजित २५ रन बनाए । उनले १७ बलमा दुई छक्का प्रहार गरे ।
कप्तान कुशल भुर्तेलले १४ रन बनाए । महेदी हसनले १३ रन जोडे । किरण ठगुन्ना १२ र सादिरा समरविक्रमा पनि ७ रनमा आउट भएनन् ।
शाकिब अल हसनले ३, अर्जुन घर्तीले ६, विपिन आचार्यले १ र अर्जुन कुमालले खाता खोल्न सकेनन् ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले तीन विकेट लिए । तिलक भण्डारीले दुई तथा अभिनाश गौतम, शेर मल्ल र रोहित पौडेलले समान एक विकेट लिए ।

प्रतिक्रिया