गोविन्द केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन

गोविन्द केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन


काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय टोली गठन गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्यसचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य छन् ।

मन्त्रालयले डा. केसीले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वार्ता र संवादबाटै समाधान खोज्न अनशनरत पक्षलाई आह्वान गरेको छ ।