काठमाडाै । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार सम्मेलनअघि कानुनी सुधारको लक्ष्य पूरा गर्न चाडपर्व र सार्वजनिक बिदासमेत नभनी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ सम्बन्धी पत्रकार सम्मेलन तथा प्रोजेक्ट शोकेसलाई सम्बोधन गर्दै उहाँले कानून संशोधनको काम अन्तिम चरणमा पुगेको र लक्ष्य पूरा गर्न सबै पक्षले तिब्र गतिमा काम गर्नुपर्ने बताउनुभएको हो ।
उहाँकाअनुसार सरकारले एकैपटक ५९ वटा कानूनका ४९४ वटा दफा संशोधन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया