इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयोः पद्मा अर्याल

इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयोः पद्मा अर्याल


काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले ुइनम सापकोटा मोबाइल प्रकरणुमा सरकारले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएकी छन्।

प्रहरी अनुसन्धानमा रहेका व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका सल्लाहकारको निवासमा राखेर म्यासेज डिलिट र स्क्यान गरिनुले प्रमाण नष्ट गर्ने गम्भीर प्रयास भएको उनको दाबी छ।

बिहीबार सञ्चारकर्मीहरूसँग बोल्दै नेतृ अर्यालले नेपाल प्रहरीमाथिको हस्तक्षेपले शान्ति सुरक्षा कमजोर बनेको भन्दै सुशासनको नारा दिने वर्तमान सरकारले यस घटनाको कानुनी र नैतिक जवाफ दिनुपर्ने माग गरेकी छन्।