काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो नैतिकतामाथि विश्वास गर्न आम नागरिक र कार्यकर्तालाई आग्रह गरेका छन्।
पछिल्लो समय सरकारले उनीमाथि निगरानी बढाएको र प्रहरी नेतृत्व फेरबदल भएको चर्चा चलिरहेका बेला थापाले आफूलाई तर्साउन खोजिए पनि नतर्सिने स्पष्ट पारेका हुन्।
उनले सरकारको स्वेच्छाचारिताविरुद्ध खरो उत्रिँदै आफू र आफ्नो नेतृत्वको कांग्रेस डर तथा धम्कीको अगाडि नझुक्ने सन्देश दिएका छन्।

प्रतिक्रिया