काठमाडौ । उत्कृष्ट बलिङले निरन्तरता दिँदा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरमा भएको आफ्नो चौथो खेलमा पनि उत्कष्ट बलिङ साथ पाउँदा लुम्बिनीले जनकपुर बोल्ट्समाथि १६ रनको जित रचेको हो । चौथो खेलसम्म अपराजित लुम्बिनीले प्लेअफको सम्भावना पनि बलियो बनाएको छ । चार खेलबाट लुम्बिनी सात अंक जोड्दै शिर्ष स्थानमा छ । यस सिजनमा लुम्बिनी अपराजित एक मात्र टोली पनि हो । कप्तान रोहितले ब्याटिङसँगै किफायती बलिङ पनि गरे । जनकपुरले इङ्लिस ब्याटर तथा ओपनर मोइन अलीको अभाव महसुस ग¥यो । शुरुमै विकेट गुमाउँदा समालिन सकेन । बलरले उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी भने बलियो स्थितिमा पुगेको छ । त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनीले १५० रनको लक्ष्य दियो । तर, जनकपुरले पूरै ओभरमा जनकपुरले आठ विकेट गुमाउँदै १३३ रन मात्र जोड्न सक्यो ।
प्रतिक्रिया