सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायोः महामन्त्री पौडेल

सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायोः महामन्त्री पौडेल


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाइएको भन्दै काँग्रेस धम्की दिँदैमा नतर्सिने बताउनुभएको छ ।

बिहीवार पार्टी मुख्यालय सानेपामा पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले बिचौलिया इनम सापकोटा र गगनकुमारबीच कुनैपनि प्रकारको चिनजान र लेनदेन नभएको समेत उहाँले स्पष्ट पार्नुभयो ।

बिचौलिया सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा हिँडेको देखिएको उहाँको भनाइ छ ।