काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको घोप्टेभीर (कुरिनटार नजिकै) आज बिहानीपख सुक्खा पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। दुईतर्फी नै सडक बन्द भएपछि यात्रुहरू बाटोमै रोकिएका छन्। नागढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डले दिएको जानकारी अनुसार, हाल पहिरो हटाउन मेसिन र उपकरणहरू परिचालन गरिसकिएको छ।
योजनाका इन्जिनियर सचिन्द्र मिश्रका अनुसार, पहिरो पन्छाएर सडक सुचारु गर्न करिब ३ घण्टाको समय लाग्ने अनुमान गरिएको छ। सडक अवरुद्ध हुँदा राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधनको लामो लाइन लागेको छ।

प्रतिक्रिया