काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजमा पोखरा एभेन्जर्स पाँचौँ खेलमा पहिलो जित हात पार्न सफल भएको छ ।
आजको पहिलो खेलमा कर्णाली याक्सलाई पोखरा एभेन्जर्सले ६३ रनले पराजित गरी अंकतालिकामा खाता खोलेको हो । पोखराले टस जितेर पहिला ब्याटिङ गर्दै २१८ रनको विशाल स्कोर बनाएको थियो । जवाफमा कर्णाली १५४ रनमा अलआउट भयो ।
पोखराका लागि युवराजसिंह सामराले ४८ बलमा १०२ रन बनाएका थिए । उनले यो सिजनको पहिलो शतक बनाएपछि पोखराले यो सिजनकै सर्वाधिक स्कोर बनायो ।
विशाल लक्ष्य पछ्याएको कर्णालीले पावरप्लेमै चार विकेट गुमाएको थियो । कर्णालीका लागि अरिफुल स्लामले १३ बलमा २४ र दीपक डुम्रेले ७ बलमा २२ रन बनाए । यस्तै पवन सर्राफले ३२ रन बनाए भने सोमपाल कामी २१ रनमा आउट ।
कर्णालीमागि जित निकाले पनि पोखरा प्लेअफ दौडबाट लगभग बाहिरिसकेको छ । आजको हारले कर्णालीको पनि प्लेअफ दौड संकटमा परेको छ ।

प्रतिक्रिया