काठमाडौं । जारी एनपीएलको आजको खेलमा पहिलो सिजनका दुई फाइनालिस्ट टिम जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल भइरहेको छ ।
प्लेअफ दौडमा जित्नुपर्ने दबाबमा दुवै टिम रहँदा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिला ब्याटिङ गर्ने आश्चार्यजनक निर्णय लिए ।
उनको निर्णय मैदानमा जनकपुरका बलरले गलत सावित गरिदिए । पावरप्लेमै दुई विकेट गुमाएको सुदूरपश्चिम त्यसपछि पनि सम्हालिन सकेन । आठौँ ओभरमा सुदूरपश्चिमले पहिलो छक्का प्रहार गरेको थियो ।
स्पीनरलाई मद्दत भइरहेको पिचमा सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२० रन बनायो ।
जनकपुरका लागि कप्तान हरमित सिंहले चार विकेट लिए भने राहुल यादव, ह्यारी टेक्टर, आदित्य महता र अभिषेक तिवारीले एक एक विकेट लिए ।
यो खेल प्लेअफ दौडका लागि दुवै टिमलाई महत्त्वपूर्ण छ । यो दुवै टिमको छैटौँ खेल हो । सुदूरपश्चिम अंकतालिकामा ३ जितका साथ तेस्रो स्थानमा छ भने जनकपुर दुई जितका साथ पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया