सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा चार जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु र जनक पाण्डे तथा उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासका न्यायाधीश गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।

नवनियुक्त न्यायाधीशमध्ये डा. बागचन्द उच्च अदालत पोखराको मुख्य न्यायाधीशका रूपमा कार्यरत थिए भने सारु र पाण्डे उच्च अदालत पाटनमा कार्यरत थिए । त्यस्तै, डाँगी उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासमा कार्यरत थिए ।

राष्ट्रपति कार्यालयका उपसचिव ईश्वरीप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिएको उल्लेख छ ।