काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई चुनावी परिणामबाट विचलित नहुन आग्रह गर्नुभएको छ। एक कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनमा व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताउँदै संगठन सुदृढीकरणमा लाग्न निर्देशन दिनुभएको हो।
उहाँले राजनीतिमा उतारचढाव आइरहने उल्लेख गर्दै कार्यकर्ताको मनोबल उच्च राख्नुपर्नेमा जोड दिनुभयो। भण्डारीले भन्नुभयो, “चुनावी धक्का अस्थायी हो, यसबाट कोही पनि निराश हुनुपर्दैन। बरु कमीकमजोरीको समीक्षा गर्दै जनताको बीचमा अझ सशक्त रूपमा जानुपर्छ।”

प्रतिक्रिया