काठमाडौं । चीनको सेन्जेनमा भइरहेको एपेक शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिटमै उँघिरहेको जस्तो दृश्य सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रको सहकार्य र व्यापारबारे सम्बोधन गरिरहँदा लाइभ फिडमा ८० वर्षीय ट्रम्प आँखा चिम्लिएर झकाएको जस्तो देखिएका हुन्।
सोही बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन कागजात र छलफलमा केन्द्रित देखिएका थिए भने अन्य नेताहरू आ–आफ्ना टिप्पणी टिपोट गरिरहेका थिए। पछिल्ला दिनमा मनिला र चीनको व्यस्त कूटनीतिक दौडधुपबीच ट्रम्पको यो दृश्य बाहिरिएको हो। विगतमा सार्वजनिक कार्यक्रममा उँघेको आरोप अस्वीकार गर्दै आएका ट्रम्पले सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी र रूसी राष्ट्रपति पुटिनसँग द्विपक्षीय वार्ता तथा तीन नेताबीचको बहुप्रतीक्षित त्रिपक्षीय बैठकलाई अघि बढाएका छन्।

प्रतिक्रिया