ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय शिखर बैठक सुरु

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय शिखर बैठक सुरु


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच त्रिपक्षीय शिखर बैठक सुरु भएको छ।

चीनको सेन्जेनमा जारी एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा बिहीबार तीनै देशका राष्ट्रप्रमुखबीच उच्चस्तरीय वार्ता सुरु भएको हो।

विश्वका तीन प्रमुख महाशक्तिका नेताहरू पहिलोपटक एउटै मञ्चमा बसेर छलफलमा जुटेपछि अन्तर्राष्ट्रिय समुदायको ध्यान यस बैठकमा केन्द्रित भएको छ। बैठकमा हुने छलफल र त्यसबाट निस्कने निर्णयले विश्व राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

करिब ८० वर्षपछि विश्वका तीन शक्तिशाली मुलुकका नेताहरू एकै ठाउँमा भेला भएकाले यस बैठकलाई कतिपयले ‘याल्टा २.०’ को संज्ञासमेत दिएका छन्। सन् १९४५ को याल्टा सम्मेलनमा अमेरिका, बेलायत र तत्कालीन सोभियत संघका नेताहरूले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए।