प्रकाशशरणको आरोपः गगनले कांग्रेस फुटाए

प्रकाशशरणको आरोपः गगनले कांग्रेस फुटाए


काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले गगन थापा पक्षले कांग्रेस विभाजन गरेको आरोप लगाएका छन्।

इलाममा आयोजित कार्यक्रममा उनले सहमतिको प्रयास र अदालतको निर्णय नकुरी हतारमा महाधिवेशन गरिएकाले पार्टी फुटेको दाबी गरे।

साथै, उनले निर्वाचन आयोग र न्यायिक प्रक्रियामा समेत लेनदेनको चर्चा आएको भन्दै सर्वोच्चबाट आफूहरूले न्याय पाउने जिकिर गरे।