आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट


काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

नागरिकतामाथि प्रश्न उठेको र विगतमा सम्पत्ति शुद्धीकरणको अनुसन्धान भएको दाबी गर्दै सफलता बोगटीसहितले नियुक्ति खारेजको मागसहित रिट दायर गरेका हुन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोष र नवनियुक्त उपाध्यक्ष डोल्मालाई विपक्षी बनाइएको छ।
मन्त्रिपरिषद्ले असोज ३० गते डोल्मालाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेपछि नागरिकता र आर्थिक कारोबारको विषयलाई लिएर सार्वजनिक विरोधसमेत हुँदै आएको थियो। रिटको पेसी बुधबारका लागि तोकिएको छ।