दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ


काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो । मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता ढुण्डीराज नेउपानेले राससलाई जानकारी दिनुभयो । बरामद वस्तु्को परीक्षण तथा अनुसन्धान भइरहेको छ ।