काठमाडौं । विश्वको तापक्रम भयावह रूपमा बढ्दै जाँदा जलवायु संकटविरुद्धको अन्तर्राष्ट्रिय प्रयास भने अपेक्षित गतिमा अघि बढ्न नसकेको चिन्ता व्यक्त गरिएको छ।
संयुक्त राष्ट्रसंघ र विश्व मौसम विज्ञान संगठनका प्रतिवेदनअनुसार हरितगृह ग्यासको मात्रा, समुद्री सतह र महासागरको तापक्रम कीर्तिमानी स्तरमा पुगेका छन् भने शक्तिशाली अल निनोको प्रभावले चरम मौसमी जोखिम बढाएको छ।
तापक्रम वृद्धिको दरले पेरिस सम्झौताको १।५ डिग्री सेल्सियसको सीमा नाघ्ने जोखिम बढिरहँदा उत्सर्जन कटौती, जलवायु वित्त र सहकार्यका प्रयासहरू भने राजनीतिक र व्यावहारिक चुनौतीका कारण अस्तव्यस्त देखिएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया