ओलीको प्रश्नः आफ्नो कार्यकाल पूरै चल्नुपर्ने, अरूको नभए पनि हुने ?

ओलीको प्रश्नः आफ्नो कार्यकाल पूरै चल्नुपर्ने, अरूको नभए पनि हुने ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश सभाको निर्वाचन हुनैपर्ने बताउँदै खर्च जोगाउने हो भने मंसिरमा प्रदेशसँगै संघको पनि निर्वाचन गर्न प्रस्ताव गर्नुभएको छ।
नेपाल प्रेसका अनुसार बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले पूरा कार्यकाल काम गर्न पाउनुपर्ने र कसैलाई पनि संविधान मिच्ने छुट नभएको उल्लेख गर्नुभयो।
निर्वाचनमा १५–१६ अर्ब खर्च हुन्छ भन्ने बहानामा प्रदेशको मध्यावधि वा समयअगावै चुनाव गर्न नहुने उहाँको तर्क छ। विगतमा पनि प्रदेश र संघको निर्वाचन एकैपटक हुने गरेकाले खर्च जोगाउन मंसिरमै दुवै तहको चुनाव गर्न सकिने विकल्प ओलीले अघि सार्नुभएको छ।