कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधक: नागरिक लगानी कोष

कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधक: नागरिक लगानी कोष


काठमाडौं । नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधक बनेको जनाएको छ। बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले समान प्रकृतिको काम गर्ने संस्थाबीचको प्रतिस्पर्धा र सामाजिक सुरक्षा कोषको दबाबले कोष परिचालनमा चुनौती थपेको बताउनुभएको हो।

नागरिक लगानी कोषमा सहभागी भइसकेका संस्थालाई समेत सामाजिक सुरक्षा कोषले पत्राचार गरी अनिवार्य आबद्ध हुन दबाब दिने र कानुनी कारबाहीको डर देखाउने प्रवृत्ति बढेको उहाँको गुनासो छ।

यस्तै, जनशक्ति अभावका कारण पुँजी बजारमा निजी क्षेत्रका संस्थासँग प्रतिस्पर्धा गर्न कठिन भएको र तत्काल हकप्रद सेयर जारी नगरी आम्दानीका आधारमा बोनस सेयरमार्फत क्रमिक रूपमा पुँजी वृद्धि गर्ने योजना रहेको कार्कीले जानकारी दिनुभयो।