कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई

कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णलाई तोक्नुभएको छ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङ पाँच वर्षे कार्यकाल पूरा गरी बिदाइ भएपछि रिक्त रहेको पदमा नयाँ नियुक्ति नभएसम्मका लागि कर्णलाई कार्यभार सम्हाल्ने जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले मधेश प्रदेशका प्रमुख कर्णलाई कोशी प्रदेशको समेत कामकाज गर्ने गरी कार्यभार तोक्नुभएको हो।