काठमाडौं । चीन भ्रमणबाट फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीको २० सदस्यीय टोलीले पार्टी सभापति रवि लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेको छ।
शुक्रबार भएको भेटमा भ्रमण टोलीको नेतृत्व गर्नुभएका महामन्त्री विपिनकुमार आचार्यले नोभेम्बर १५ देखि २६ सम्म सिचुवान, चच्याङ र बेइजिङमा भएका राजनीतिक भेटवार्ता तथा अवलोकनबारे सभापति लामिछानेलाई जानकारी गराउनुभएको हो।
भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसहित केन्द्रीय तथा काउन्टी तहका नेताहरूसँग आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत अनुभव आदानप्रदान र सुशासन तथा विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको आचार्यले बताउनुभयो।
उद्योग, व्यवसाय र विपद् व्यवस्थापन रणनीतिको अवलोकनबाट प्राप्त सिकाइलाई पार्टी र देश विकासको काममा उपयोग गर्ने गरी कार्यान्वयन गर्न सभापति लामिछानेले निर्देशन दिनुभएको छ।

प्रतिक्रिया