काठमाडौं । काठमाडौँको बानेश्वरदेखि अनामनगर जाने व्यस्त सडकखण्डमा निर्माण गरिएको आकाशे पुल प्रयोग नगरी पैदलयात्रीले जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढेको छ।
पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गराउने उद्देश्यले लाखौँ खर्चेर बनाइएको आकाशे पुलको बेवास्ता गर्दै व्यस्त सवारीसाधनको चापबिचबाटै सिधै बाटो काट्ने प्रवृत्ति रोकिएको छैन।
यसले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थप्नुका साथै सवारी दुर्घटनाको गम्भीर खतरा निम्त्याएको छ। सम्बन्धित निकायले आकाशे पुलको अनिवार्य प्रयोगका लागि कडाइ गर्नुपर्ने र पैदलयात्री स्वयंले पनि आफ्नो सुरक्षाप्रति सचेत बन्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया