काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु प्रवेशका लागि दुईवटा ढोका र स्क्यानर मेसिनको व्यवस्था भए पनि अधिकांश समय एउटा मात्र सञ्चालनमा रहँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ।
उपलब्ध अर्को ढोका प्रायः बन्द गरिँदा एउटै प्रवेशद्वारबाट यात्रुहरूको चाप बढ्ने गरेको र जाँच प्रक्रियामा अनावश्यक भीडभाड हुने गरेको यात्रुहरूको गुनासो छ।
विशेषगरी धेरै ब्यागेज बोकेका यात्रुहरूको सामान जाँच गर्न समय लाग्ने भएकाले अन्य यात्रुहरूले लामो समय पालो कुर्नुपर्ने र उडान छुट्ने जोखिमसमेत बढेको भन्दै व्यवस्थापन सुधार गर्न यात्रुहरूले माग गरेका छन्।

प्रतिक्रिया