राष्ट्रपतिसँग भेट गर्न प्रधानमन्त्री वालेन शीतलनिवासमा

राष्ट्रपतिसँग भेट गर्न प्रधानमन्त्री वालेन शीतलनिवासमा


काठमाडौं। प्रधानमन्त्री वालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । भारतको दुईदिने राजकीय भ्रमणपछि प्रधानमन्त्री वालेनले राष्ट्रपतिसँग भेट गरेका हुन् । वालेनले यही मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गरेका थिए ।

भ्रमणअघि राष्ट्रपतिसँग भेट नगरेको विषयमा प्रधानमन्त्री वालेनको आलोचना भएको थियो । राष्ट्रपतिसँग भेट गर्नुअघि वालेनले बिहीबार रास्वपा सभापति रवि लामिछानेसँग लामिछानेनिवासमै भेट गरेका थिए ।

आज वालेनले भेट्नुअघि लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका थिए ।

राष्ट्रपति भवनशीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका छन् ।

साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

गत चैतमा प्रधानमन्त्री बनेका वालेनले राष्ट्रपति पौडेलसँग यसप्रकारको पहिलो भेट गरेका हुन् । यसअघि शीतलनिवासमा हुने शपथग्रहण समारोहमा बाहेक प्रधानमन्त्री वालेन शीतलनिवास गएका थिएनन् ।