नेपाल–भारत सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गर्ने सहमति

नेपाल–भारत सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गर्ने सहमति


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा सम्बन्धी बाँकी समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलका क्रममा सीमा समस्यालाई संयुक्त भिजन डकुमेण्टमा समेत समावेश गरिएको हो ।
दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भहरूको मर्मतसम्भार कार्यलाई अघि बढाउने विषयमा सहमति जनाउनुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताउनु भयो ।