सरकारले संसद्लाई हेप्योः प्रदीप पौडेल

सरकारले संसद्लाई हेप्योः प्रदीप पौडेल


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले संसद्लाई हेपेको, जनतामाथि महँगीको मार थोपरेको र राष्ट्रियतामाथि नै प्रहार गरिरहेको आरोप लगाउनुभएको छ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार धारणा राख्दै महामन्त्री पौडेलले सुनकोशी मरिन डाइभर्सनदेखि पासपोर्ट काण्डसम्मका अनियमिततामा सरकार जोडिएको दाबी गर्दै त्यसविरुद्ध कांग्रेसले सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो।
पार्टीको कार्यशैली सुधार्नुपर्नेमा जोड दिँदै उहाँले अब वडा तहका बैठकमा कम्तीमा तीनवटा स्थानीय समस्यालाई अनिवार्य एजेन्डा बनाउनुपर्ने र मञ्चमा उभिएर एकोहोरो भाषण गर्ने पुरानो शैली त्यागेर नागरिकका ज्वलन्त मुद्दा बोक्नुपर्ने धारणा व्यक्त गर्नुभयो।