काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशनको तयारी तीव्र पार्दै पाँचवटा उपसमितिका संयोजक तोकेको छ।
महाधिवेशन मूल तयारी समितिका संयोजक डा. शशांक कोइरालाले प्रचारप्रसार समितिमा डा. प्रकाश शरण महत, अतिथि सत्कार एवं समन्वय समितिमा एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिमा मोहनबहादुर बस्नेतलाई संयोजक मनोनयन गर्नुभएको हो।
यस्तै सांस्कृतिक समितिमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिमा डा। अमित कार्कीलाई जिम्मेवारी दिइएको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिनुभयो।
संस्थापन पक्षले समानान्तर महाधिवेशन रोक्न निर्वाचन आयोग गुहार्ने बताइरहेका बेला देउवा पक्षले भने जिल्ला र प्रदेश अधिवेशनसँगै महाधिवेशनको तयारीलाई अगाडि बढाएको छ।

प्रतिक्रिया