संसद् अधिवेशन छिटो बोलाउन आफ्नै सरकारलाई रास्वपाकै दबाब

संसद् अधिवेशन छिटो बोलाउन आफ्नै सरकारलाई रास्वपाकै दबाब


काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी कै नेताहरूले संघीय संसद्को हिउँदे अधिवेशन छिटो बोलाउन सरकारमाथि दबाब बढाएका छन्।
अधिवेशन नबोलाइँदा कानुन निर्माण र जनसरोकारका विषयमा बहस हुन नसकेको भन्दै रास्वपा नेताहरूले पार्टी सभापति रवि लामिछानेमार्फत प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष तत्काल अधिवेशन आह्वान गर्न सन्देश पुर्‍याएका हुन्।
आउँदो सोमबार अर्थात् मंसिर १४ गतेसम्म सरकारले अधिवेशन बोलाउने मिति तय नगरे पार्टीभित्र छलफल गरेर थप दबाब सिर्जना गर्ने रास्वपा सांसदहरूको तयारी छ। असोज १६ गते बर्खे अधिवेशन अन्त्य भएयता हाल दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन छन् भने त्यसयता थप ६ वटा नयाँ विधेयक दर्ता भइसकेका छन्।