काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले वर्तमान बालेन शाह नेतृत्वको सरकार र गृह प्रशासनमाथि तीव्र प्रहार गर्दै शक्तिको स्वेच्छाचारी प्रयोगले सीमा नाघेको टिप्पणी गरेका छन्।
सञ्चार गृहहरूभित्र प्रहरी पठाउने, पक्राउ पुर्जीविना पत्रकारहरू नियन्त्रणमा लिने र आलोचकहरूलाई साइबर ब्युरो लगाएर तर्साउने सरकारी शैलीप्रति कडा आपत्ति जनाउँदै थापाले वर्तमान शासकहरूमा पञ्चायतकालीन र शाही कालको जस्तै निरङ्कुश प्रवृत्ति हाबी भएको आरोप लगाए।
भ्रष्टाचार र बिचौलिया काण्डमा मुछिएका आफ्ना मान्छे जोगाउन अदालत र प्रहरी प्रयोग गर्ने तर प्रश्न उठाउने मिडिया र नागरिकमाथि बर्दीको शक्ति प्रदर्शन गर्ने सरकारको यो स्वेच्छाचारी र कानुनी शासनविरुद्धको कदमका विरुद्ध काङ्ग्रेस सडक र संसद्बाट सशक्त प्रतिवादमा उत्रिने चेतावनी उनले दिएका छन्।

प्रतिक्रिया