रास्वपाको निर्देशन सरकारले कार्यान्वयन गरेनः गगन थापा

रास्वपाको निर्देशन सरकारले कार्यान्वयन गरेनः गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले दिएको निर्देशन सरकारले कार्यान्वयन नगरेको आरोप लगाएका छन् । सञ्चारगृह परिसरमा गरिएको गाडी पार्किङको प्रसंग उठाउँदै उनले रास्वपाको निर्देशन र सरकारको कामबीच तालमेल नरहेको बताएका हुन् ।

पत्रकार पक्राउ गरिएको घटनासँग गाडी पार्किङको प्रसंग जोड्दै थापाले सरकारको कार्यशैलीको आलोचना गरे । आइतबार ९कात्तिक १५० कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ‘विशेष’ सम्बोधन गरी उनले सञ्चारमाध्यममाथि सरकारले पटक–पटक प्रहार गर्दै आएको भन्दै आपत्ति जनाए । शुक्रबार सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाको उनले विरोध गरेका हुन् ।
सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई लिएर पत्रकार पक्राउ गरिएको थापाले बताए ।
प्रहरीले यस घटनाबारे दुईपटक विज्ञप्ति जारी गरेको पनि थापाले बताए । सुरुमा सामान्य विषयमा प्रहरीले आफ्नो काम गरेको भनेको भए पनि शुक्रबार राति जारी गरिएको दोस्रो विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सचिवालयको दबाबका कारण पत्रकारहरू पक्राउ गरिएको उल्लेख भएको उनको भनाइ छ ।
झोकका आधारमा पत्रकार पक्राउ गरिएको भन्दै थापाले पत्रकारलाई धम्क्याउने प्रवृत्ति गलत भएको बताए ।