चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक अविजित ४९ रन बनाए । उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

डेविड मलानले १६, सिकन्दर रजाले १५ र अर्जुन साउदले १५ रन जोडे । विवेक यादव १७ रनमा अविजित रहे ।

सुदूरपश्चिमका स्कट कुगेलाइनले २ तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक–एक विकेट लिए ।