काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको छ ।
सुरुवातदेखि नै दबाबमा परेको पोखराका लागि चामिका करुणारत्नेले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक अविजित २५ रन बनाए । उनले १७ बलमा दुई छक्का प्रहार गरे ।
कप्तान कुशल भुर्तेलले १४ रन बनाए । महेदी हसनले १३ रन जोडे । किरण ठगुन्ना १२ र सादिरा समरविक्रमा पनि ७ रनमा आउट भएनन् ।
शाकिब अल हसनले ३, अर्जुन घर्तीले ६, विपिन आचार्यले १ र अर्जुन कुमालले खाता खोल्न सकेनन् ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले तीन विकेट लिए । तिलक भण्डारीले दुई तथा अभिनाश गौतम, शेर मल्ल र रोहित पौडेलले समान एक विकेट लिए ।

प्रतिक्रिया