काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता सूर्य थापाले कम्युनिस्ट एकताका नाममा हुने गरेका शृङ्खलाबद्ध छलफल र साना गुटगत भेलाहरूमाथि कडा कटाक्ष गर्दै बोकाले दाइँ हुँदैन भन्दै व्यङ्ग्य गरेका छन्। उनले फेसबुकमा एक स्टाटस पोष्ट गर्दै देशभरि १७०० भोट समेत ल्याउन नसक्ने साना गुट र नेताहरूले ठूला(ठूला कुरा गरेर कम्युनिस्ट एकताको नौटंकी रचिरहेको थापाको आरोप छ।
बालेन शाह नेतृत्वको असक्षम र निरङ्कुश सरकारले सञ्चार गृहमा प्रहरी छिराउने, इनम सापकोटा बिचौलिया काण्ड ढाकछोप गर्ने र ३ सातासम्म मन्त्रिपरिषद् बैठक डाक्न नसक्ने administrative paralysis सिर्जना गरिरहेका बेला जनाधारविहीन साना दलहरू भने एकताका नाममा राजनीतिक स्टन्टबाजीमा लिप्त भएको थापाले टिप्पणी गरेका छन्।
जनाधार शून्य रहेका १२/२७ वटा टुक्रे गुटहरू मिल्नु वा नमिल्नुले मुलुकको राजनीति र वामपन्थी आन्दोलनमा कुनै तात्विक फरक नपार्ने स्पष्ट पार्दै उहाँले वास्तविक जनमत एमालेजस्ता जिम्मेवार र ठूला दलसँग मात्रै रहेको दाबी गर्नुभएको छ।

प्रतिक्रिया