काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको खोल ओढेर मुलुकमा खतरनाक ढङ्गले सर्वसत्तावाद स्थापित हुने तर्फ गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आईजीपी हटाउनेदेखि विभिन्न निकायका कर्मचारीहरूलाई तानेर प्रधानमन्त्री कार्यालयमा थुन्ने जस्ता स्वेच्छाचारी घटनाहरूले देश विधि, नियम र कानुनले होइन, व्यक्तिको सनक र लहडका भरमा चलिरहेको स्पष्ट प्रमाण दिएको बताउनुभयो।
सञ्चार गृहमा दमन, बिचौलियाहरूको संरक्षण र प्रशासनिक संयन्त्रलाई राजनीतिक दबाबमा राख्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमान्यतालाई ध्वस्त पार्दै लगेको उहाँको ठम्यााइ छ।

प्रतिक्रिया