काठमाडौ । नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।
बुधवार मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी प्रमुखबाट हटाई डा मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको यही निर्णयलाई चुनौती दिँदै पूर्वआईजीपी कार्की रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्।

प्रतिक्रिया