कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैनः गगन थापा

कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैनः गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता सम्बन्धी कानुनी लडाइँमा कुनै पनि किसिमको आर्थिक लेनदेन नभएको दाबी गरेका छन्।
एक भिडियो सन्देश जारी गर्दै उनले आफू कमजोर नैतिक धरातलमा नउभिएको र आफ्ना हातहरू पूर्ण रूपमा सफा रहेको प्रस्ट पारेका हुन्।
उनले आफूलाई आम नागरिकको दाजु, भाइ, छोरा र साथीका रूपमा प्रस्तुत गर्दै गलत प्रश्न नउठाउन र आफ्नो नैतिकतामाथि पूर्ण रूपमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्।