काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ। काठमाडौंको द्वारिकाज होटलमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो।
उनीहरूबीच नेपाल-भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो। त्यसअघि भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए। दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिश्री स्वदेश फर्किएका छन्।

प्रतिक्रिया