उत्तरी गोरखामा नुनभन्दा ढुवानी भाडा महँगो

उत्तरी गोरखामा नुनभन्दा ढुवानी भाडा महँगो


काठमाडौं । सडक सञ्जालको पहुँच नहुँदा गोरखाको उत्तरी भेगस्थित चुमनुब्री गाउँपालिकाका बासिन्दा बजारमा ३० रुपैयाँमा पाइने एक प्याकेट नुनलाई २०० रुपैयाँसम्म तिर्न बाध्य छन्।
खच्चडमार्फत ढुवानी गर्दा भाडा नै प्रतिकिलो १०० रुपैयाँसम्म लाग्ने भएकाले सामागाउँ, साम्दो, छुले र निले जस्ता विकट बस्तीहरूमा नुनलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको हो।
सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहुलियत दरमा नुन पठाए पनि ढुवानी अनुदानको नुन तल्लो क्षेत्रमै सकिने हुनाले माथिल्लो भेगका नागरिकले चर्को मूल्य चुकाउनु परेको स्थानीयको गुनासो छ।