काठमाडौं । सरकारले प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकममध्ये १० अर्ब रुपैयाँ भौतिक पूर्वाधार मन्त्रालयलाई उपलब्ध गराउने तयारी गरेको छ।
अर्थमन्त्रीले दिएको ब्रिफिङअनुसार कोषमा हालसम्म जम्मा भएको करिब १८ अर्ब रुपैयाँमध्ये १ अर्ब रुपैयाँ यसअघि नै विपद् व्यवस्थापन र राहतका लागि स्थानीय पालिकाहरूमा पठाइसकिएको छ।
अब बाँकी रकममध्ये ठूलो हिस्सा विपद्ले क्षति पुर्याएका सडक, पुल तथा अन्य पूर्वाधारको पुनर्निर्माणका लागि मन्त्रालयलाई दिन लागिएको हो।

प्रतिक्रिया