सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १७६ रन बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको छ ।

सुदूरपश्चिमका लागि साइफ जैबले ३५ रन बनाए । उनले २४ बलमा चार चौका र एक छक्का प्रहार गरे । विनोद भण्डारीले २२ बलमा २७, ब्रान्डन म्याकमुलनले १६ बलमा २४ तथा इशान पाण्डेले २३ रन र तरिन्दु रत्नायकेले अविजित २२ रन बनाए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले १४ बलमा १० रन जोड्दा आरिफ शेखले ११ रन बनाए । स्कट कुगेलाइन १३ रनमा अविजित रहे ।

कर्णालीका लागि मार्क वाटले २ तथा हुसेन तलात, सूर्य तामाङ, नन्दन यादवले एक–एक विकेट लिए ।

कर्णालीबाट आजको खेलमा साउथ अफ्रिकन खेलाडी डेविड मिलरले एनपीएल डेब्यू गरेका छन् ।

सुदूरपश्चिमको यो पाँचौँ खेल हो । उसले यसअघि २ खेलमा हार व्यहोरेकाले उसका लागि यो जित्नुपर्ने दबाबपूर्ण खेल हो ।

उता कर्णालीको यो चौथो खेल हो । उसले पनि दुई खेलमा जित हात पारेको छ भने एक खेलमा पराजित भएको छ ।