आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता


काठमाडौं । सरकारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाएको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

आईजीपीबाट हटाइएका कार्कीले वारेसमार्फत सर्वोच्चमा रिट दर्ता गराएका हुन् । कार्कीका कानुन व्यवसायी रिट लिएर बिहीबारै सर्वोच्च पुगेका थिए । तर, रिट शुक्रबार दर्ता भएको हो ।

वालेन सरकारले कार्कीलाई आईजीपीबाट हटाएर एआईजी मनोजकुमार केसीलाई आईजीपी बनाएको थियो । त्यसपछि कार्की आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च पुगेका हुन् । सरकारले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको छ । तर, कार्कीले सल्लाहकारको नियुक्तिपत्र बुझेका छैनन् ।

आईजीपी हटाउने वालेन सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । सत्तामा हालीमुहालीका लागि प्रहरी प्रमुख हटाउने ३० वर्ष पुरानै शैली वालेनले फेरि देखाएका छन् ।