चितवनका सिकन्दरको विस्फोटक ब्याटिङ, पोखरालाई १५२ रनको लक्ष्य

चितवनका सिकन्दरको विस्फोटक ब्याटिङ, पोखरालाई १५२ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो ।

चितवनका लागि कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गरेका छन् । उनले १६ बलमा ४ छक्का र २ चौकासहित अविजित ३७ रन बनाएका छन् ।

रवि बोपाराले ३५ रन बनाए । उनले २८ बलमा ३ चौका र एक छक्का प्रहार गरेका छन् ।

ओपनर अर्जुन साउदले २७ बलमा ३१ र डेभिड मलानले २८ बलमा २८ रन बनाए । कुशल मल्लले १३ बलमा ११ तथा डान मौस्लेले ५ बलमा २ रन जोडे ।

पोखराका विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले २-२ विकेट लिए ।