काठमाडौं । युवराज सिंह सामराले जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो शतक प्रहार गरेका छन् । उनको शतकसँगै पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो । उक्त लक्ष्य यो सिजनको एनपीएलकै उच्च हो । यसअघि विराटनगरले कर्णालीविरुद्ध नै १८६ रन बनाएको थियो ।
पोखराका लागि सामराले ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए । उनले २१२.५० को स्ट्राइक रेटमा ब्याटिङ गरे । जारी एनपीएलमा सामराको पहिलो शतक हो ।
कप्तान कुशल भुर्तेलले पनि आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ६२ रन बनाए । उनले ७ छक्का प्रहार गरे । कप्तान चमिका करुणारत्ने ११ बलमा ३ चौका र ३ छक्कासहित ३५ रनमा अविजित रहे । महेदी हसन ५ रनमा आउट भए ।
कर्णालीका सोमपाल कामीले २ तथा मार्क वाटले एक विकेट लिए ।
तर, लगातार चौथो हारले पोखराको प्लेअफ यात्रा यसअघि नै टुंगिसकेको छ ।

प्रतिक्रिया