जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व अवलोकन गर्न शनिबार जनकपुरधाम जाने भएका छन् । सुरक्षा स्रोतका अनुसार लामिछाने पत्नी निकिता लामिछानेसहित जनकपुरधाम पुग्ने कार्यक्रम रहेको छ । उनी दुई दिन जनकपुरमा बसेर छठ पर्वका विभिन्न गतिविधि अवलोकन गर्नेछन् ।
लामिछानेको टोली शनिबार दिउँसो हवाईजहाजमार्फत जनकपुरधाम पुग्ने र मिथिला यात्री निवासमा बस्ने तयारी रहेको स्रोतले जनाएको छ । जनकपुर बसाइका क्रममा उनले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ । छठ पर्वका अवसरमा जनकपुरधाममा हुने धार्मिक तथा सांस्कृतिक गतिविधि अवलोकनका लागि लामिछाने त्यहाँ जान लागेका हुन् ।

प्रतिक्रिया